गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
पाेखरा | बैशाख २१, २०८०
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसको २७, माओवादी केन्द्रका ७ र र नेकपा एकिकृत समाजवादीका १ गरी ३५ सांसदको मत पाएका छन् ।
यस्तै नेकपा एमाले २२ सांसदले पाण्डेको विपक्षमा मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसे । ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।
वैशाख १४ गते ३५ सांसदको समर्थनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताएका छन्।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

